ad ad

राजनीति


कांग्रेस निराशाबीच आशाको उज्यालो छर्ने पार्टी हो : बद्री पाण्डे

कांग्रेस निराशाबीच आशाको उज्यालो छर्ने पार्टी हो : बद्री पाण्डे

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १०, २०८० बिहिबार १८:७, काठमाडौँ

नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले अहिलेको महासमिति बैठकले देशलाई दिशानिर्देश गर्न सक्ने बताएका छन्। 

महासमिति बैठकलाई ललितपुरको गोदावरीमा सम्बोधनका क्रममा उनले कांग्रेससँग रहेका लाखौँ जनशक्तिले देशमा परिवर्तन ल्याउन सक्ने बताए। 

‘यति धेररै जनशक्ति हामीसँग छ। विचारले ओतप्रोत भएको जनशक्ति छ। कोहीभन्दा कोही कम छैन। मुलुक अघि बढाउने विश्वास मलाई जागेको छ’, उनले भने, ‘प्राप्त भएको सुझावले पार्टीलाई योगदान गर्नेछ। आगामी दिनमा समृ‍द्ध बनाउने काम गरेको छ।’

उनले राणा शासन फ्याँकेर जनताको शासन कांग्रेसले नै ल्याएको बताए। ‘कांग्रेस जस्तोसुकै अवस्थामा पनि निराशाबाट आशाको उज्यालो छर्ने पार्टी हो’, उनले भने, ‘राणा शासन समाप्त गरेर जनप्रतिनिधिको शासन गराउने बाटो कांग्रेसले देखाएको थियो। त्यो कुराको सांवहक बनेर अघि बढेको हो।’

उनले निराशा चुलिएको अवस्था‍मा कांग्रेसले विकल्प दिन सक्नुपर्ने बताए। ‘कांग्रेसले आशाको सञ्चार गर्न सक्नुपर्छ। अतिवादीहरूको बीचबाट एउटा मध्यमार्गी बाटो कांग्रेसले होसियारका साथ दिनुपर्छ’, उनले भने, ‘कांग्रेसले त्यो अभिवकत्व लिन सक्छ, त्यो तागत राख्न सक्दछ। यो गरिमालाई बुझेर अघि बढौँ। एक वर्षभित्र व्यवहारमा परिवर्तन ल्याउन सके नागरिकमा विश्वास बढ्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .