ad ad

राजनीति


सिटौलाले महासमितिमा भने : कांग्रेसभित्र बृहत् एकता देखियो

सिटौलाले महासमितिमा भने : कांग्रेसभित्र बृहत् एकता देखियो

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १७:२९, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै भएको बताएका छन्। 

यस पटकको महासमिति बैठकपछि सबैजना उत्साहसहित जिल्ला फर्किन लागेको बताउँदै उनले नेताहरूबीच पनि एकता कायम गरेको बताए। 

'हामी उत्साह लिएर हामी जिल्ला फर्किँदैछौँ। हामीबीच एकता भएको छ। अलिअलि भएको मतभेद पनि हटेको छ,' उनले भने, 'संगठन परिचालन गरेर आउने चुनावबाट धेरै मत र धेरै हाम्रा साथी निर्वाचित गराउन लागौँ। यो बैठकले धेरै विषयमा मन्थन गरेको छ। कांग्रेसले धेरै चुनौतीक सामना गरेको छ। सबै चुनौती पन्छाएर लोकतान्त्रिक समाज बनाउने बुद्धि तागत सबै कांगेससँग‍ छ। देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै छ।'

सिटौलाले संविधानलाई बचाउने र संविधानको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्ने दल कांग्रेसमात्रै भएको पनि बताए। 

'संविधानलाई बचाउने र संविधानको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्न हामी सक्षम छौँ। कांग्रेसलाई घुनपुत्ली लगाउन हामी दिदैँनौँ। हामी राजनीतिमा पथपर्दशक पनि हौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .