ad ad

राजनीति


एमालेले आज पनि माग्यो तीन मन्त्रीको राजीनामा

एमालेले आज पनि माग्यो तीन मन्त्रीको राजीनामा

नेपालखबर
फागुन १०, २०८० बिहिबार ११:३७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि तीन मन्त्रीको राजीनामा माग गरेको छ।

आज बसेको प्रतिनिधिसभा बैठकको सुरुमा विशेष समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन्। 

उनले बालकुमारी घटनामा जोडिएका मन्त्री ज्वाला, अख्तियारमा बयान दिनका लागि पुगेका स्वास्थ्यमन्त्री बस्नेत र लुम्बिनीको रामग्राम क्षेत्रमा गरेको कामको विरोध गर्दै मन्त्री किराँतीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए। 

‘प्रधानमन्त्री सुशासनको भाषण गर्दै हिँड्नुहुन्छ, अर्कोतिर उहाँको पर्यटनमन्त्रीको सिफारिसमा नियुक्त गरेको लारक्याल लामाले लुम्बिनीको रामग्राममा गरेको कामलाई सम्पूर्ण सरकारी माध्यम र लेखा समितिले समेत नियमविपरीत भन्छ। अनि त्यस्ताको लहैलहैमा लागेर प्रधानमन्त्री त्यो कार्यक्रमको उद्घाटनमा जानुहुन्छ। नैतिक रुपमा पर्यटनमन्त्री र ल्हारक्याल लामालाई हटाउनुपर्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .