ad ad

राजनीति


नेताहरूले प्रतिवेदनमा ‘मधेश’को साटो ‘मधेस’ लेखेपछि रिसाए कांग्रेस महासमिति सदस्य

नेताहरूले प्रतिवेदनमा ‘मधेश’को साटो ‘मधेस’ लेखेपछि रिसाए कांग्रेस महासमिति सदस्य

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ९, २०८० बुधबार १६:३८, काठमाडौँ

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा समूहगत छलफल जारी छ। प्रदेशको आधारमा सामूहिक छलफलमा महासमिति सदस्यहरूले धारणा राखिरहेका छन्।

मधेस प्रदेशको छलफलमा सहभागी राजेश्वरप्रसाद सिंहले प्रतिवेदनमा मधेशको मुटु छाम्न नसकेको बताए। ‘प्रतिवेदन तयार पार्ने नेताहरूले मुटु छाम्न सकेका छैनन्,’ उनले भने।

मधेस मिटर ब्याजको समस्याले बलिरहेको उनले बताए। उखु किसानको समस्या र खानेपानी लागायत सामाजिक समस्यामा प्रतिवेदन मौन रहेको उनले बताए।

यतिमात्रै होइन, उनले प्रतिवेदनमा ‘मधेश’ हुनुपर्नेमा ‘मधेस’ लेखिएकोमा आपत्ति जनाए। ‘मधेशले मोटो श लेख्छौँ। प्रतिवेदमा पातलो स लेखिएको छ,’ उनले भने, ‘मधेश होइन म देश भन्ने भावना समेट्नु पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .