ad ad

राजनीति


बालकुमारी घटनामा ओलीको टिप्पणी- ‘नैतिकता नभएको मन्त्री, हुतिहारा प्रधानमन्त्री’

बालकुमारी घटनामा ओलीको टिप्पणी- ‘नैतिकता नभएको मन्त्री, हुतिहारा प्रधानमन्त्री’

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८० मंगलबार १३:३५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुनै लोकलाज नभएको टिप्पणी गरेका छन्।

बालकुमारी घटनामा दोषी देखाउँदा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डको आलोचना गरे। 

‘दोषी मन्त्री (ज्वाला) हो भनेर सरकारले नै बनाएको आयोगले तोकेर भनेको छ। यस्तो सरकार छ कि न मन्त्री राजीनामा गर्छ, नैतिकता भन्ने चिज नै छैन। सरकारसँग हटाउने हुती छ,’ उनले भने, ‘नैतिकता नभएको मन्त्री, हुतिहारा प्रधानमन्त्री!’

आयोगले बनाएको आयोगको दोषका कारण मान्छेले ज्यान गुमाएको भन्दै त्यस्ता मन्त्री पदमा बस्न नहुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .