राजनीति


कांग्रेस महासमिति : बन्दसत्रको हल खाली, बाहिर सेल्फी लिँदै नेता-कार्यकर्ता

कांग्रेस महासमिति : बन्दसत्रको हल खाली, बाहिर सेल्फी लिँदै नेता-कार्यकर्ता

तस्बिर : सागर न्यौपाने


नेपालखबर
फागुन ८, २०८० मंगलबार १३:१३, काठमाडौँ

ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा प्रतिवेदन प्रस्तुति जारी छ।

अहिले उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरिरहेका छन्। यसअघि आर्थिक प्रतिवेदन नेता श्याम घिमिरेले प्रस्तुत गरिसकेका छत्तन्। 

सोमबार उद्घाटनसँगै सकिएको महासमितिको बैठकको दोस्रो दिन बन्दसत्र सुरु भइसकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

अहिले गोदावरीको सनराइज हलमा उपसभापति पुर्णबहादुर खड्का नीतिसम्बन्धी प्रतिवेदन वाचन गरिरहेका छन् 

तर नेता डा. शेखर कोइराला पनि अहिले हलमा प्रतिवेदन नसुनी कार्यकर्तामाझ छन्। उनी हलभन्दा सय मिटरमाथि कार्यकर्तासँग सेल्फी खिच्दै बसिरहेका छन्। 

नेताहरू डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की, सह-महामन्त्री बद्री पान्डे लगायत नेता बाहिर कार्यकर्तमाझ छन्। 

प्रतिवेदन सुन्नेको संख्या हलमा थोरै छ भने नेता कार्यकर्ता हलबाहिर धेरै  छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .