ad ad

राजनीति


शीर्ष नेताको प्रतिवद्धताबिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना सम्भव छैन : मन्त्री श्रेष्ठ

शीर्ष नेताको प्रतिवद्धताबिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना सम्भव छैन : मन्त्री श्रेष्ठ

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १६:४८, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने बताएकी छन्।

आइतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने बताएकी हुन्। उनले आफूले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि राजनीतिक दलका शीर्ष नेताहरुसँग अनौपचारिक रुपमा छलफल गर्न चाहेको भएपनि समय नपाएको बताइन्।

उनले विश्वविद्यालयलाई दलीय राजनीतिकरण नगर्नका लागि दलहरु सहमत भएमा विश्वविद्यालयमा सुधार सम्भव हुने बताए।

उनले भनिन्, ‘पटक पटक त्रिभुवन विश्वविद्यालय पुनःसंरचनाको लागि जबसम्म शीर्ष नेताहरुले प्रतिवद्धता दिँदैन। यो अगाडि बढ्दैन भनेर प्रयास गरेको हो। अनौपचारिक च्यानल प्रयोग गरेर बसौँ। यसको लागि निचोड निकालौँ भनेर प्रयास गरेको हो। तर समय नै दिएनन्।’

उनले विश्वविद्यालयलाई राजनीतिबाट अलग राख्न सहयोग गर्न सांसदहरुलाई आग्रह पनि गरिन्। उनले विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त क्षेत्र बनाउने प्रतिवद्धता गर्नुपर्ने बताइन्। मन्त्री श्रेष्ठले प्रशासन र कर्मचारीहरुको दलीय आवद्धताका कारण पनि काम गर्न गाह्रो भएको बतताइन्।

मन्त्री श्रेष्ठले एउटा कर्मचारीलाई सरुवा गर्दा समेत धम्कि आउने गरेको सुनाइन्।

उनले विद्यार्थी संगठनका नेताहरुले मौखिक रुपमा त्रिविमा अनावश्यक राजनीतिकरण नगर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै कर्मचारी प्रशासनको सन्दर्भमा भने एउटा निचोडमा पुग्नुपर्ने आवश्यकता रहेको बताइन्।

उनले भनिन्, ‘जबसम्म हामीले दलगत रुपमा भएको प्रशासन र कर्मचारी संगठनको निचोड एउटा निकाल्दैनौँ त्यसपछि काम गर्नका लागि चाहिने कर्मचारी सरुवा गर्दाखेरी आन्दोलन गर्ने, धम्कि दिने।’

मन्त्री श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरुको सूचि सरकारले सिफारिस गरेको भन्दा फरक आएको विषयको जानकारी लिन आफू लागिरहेको बताइन्।

उनले यो विषय दुई देशबीचको सम्बन्धसँग पनि जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयसँग पनि सम्बन्धित भएको भन्दै परराष्ट्रमन्त्रीसँग आफू संवादमा रहेको जानकारी दिइन्।

उनले विदेशी सम्बन्धनप्राप्त कलेजहरुको सम्बन्धमा अध्ययन गर्न पूर्वसचिव शंकर कोईरालाको अध्यक्षतामा समिति बनाइएको बताइन्। त्यस्ता कलेजहरुलाई अनुगमन गर्ने भन्दै उनले अनुगमनका लागि टोली बनाइरहेको पनि उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .