ad ad

राजनीति


रास्वपाले भन्यो : बाँदर नियन्त्रणको उपाय खोज्न सांसद होइन विज्ञलाई भारत पठाऊ

रास्वपाले भन्यो : बाँदर नियन्त्रणको उपाय खोज्न सांसद होइन विज्ञलाई भारत पठाऊ

नेपालखबर
फागुन ६, २०८० आइतबार २१:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँदर नियन्त्रणबारे अध्ययन गर्न विज्ञलाई पठाउन आग्रह गरेको छ।

सरकारले बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदको एक टोली भारत भ्रमणमा पठाउने तयारी गरिरहेका बेला रास्वपाले विज्ञलाई पठाउन आग्रह गरेको हो।

आइतबार बसेको पार्टी सचिवालयको बैठकले ‘बालीनाली नष्ट गर्ने र कृषकको उठीवास लगाउने बाँदर नियन्त्रण सम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सांसद पठाउने भन्ने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सो अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने निर्णय’ गरेको महामन्त्री मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै, बैठकले कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ संचालन गर्ने निर्णय पनि गरेको छ।

यस अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाउने रास्वपाले जनाएको छ।

पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरिएको छ।

जसमा पवन देवकोटा (उपप्रमुख) केन्द्रीय मानवीय विकास प्रवर्धन विभाग, ज्ञानेन्द्र महतारा (सदस्य) केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग, भोजराज क्वालिटी (सदस्य) केन्द्रीय विधेयक मन्थन विभाग, गणेश पौडेल (सदस्य) केन्द्रीय मानव अधिकार विभाग र दिपक विश्वकर्मालाई केन्द्रीय संगठन विभागको सदस्यमा नियुक्त गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .