राजनीति


ठाकुर ज्ञवाली आईजीपी नियुक्त

ठाकुर ज्ञवाली आईजीपी नियुक्त

नेपालखबर
माघ २८, २०७६ मंगलबार ७:८,

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपीमा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षकबाट सर्वेन्द्र खनालले अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको हो।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई नयाँ आईजीपी बनाउने प्रस्ताव गरेका थिए। यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै नयाँ आईजीपी नियुक्ति गर्ने भनिए पनि निर्णय हुन सकेको थिएन। उनी प्रदेश १ मा डीआईजी थिए।

३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी खनालसहित एआईजीहरू पुस्कर कार्की, ठूले राई, धिरू बस्न्यातसहित १८ डीआईजीहरु राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले अवकाश पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad