ad ad

राजनीति


महासमिति बैठकस्थलमा कांग्रेस नेताको अर्को टोली निरीक्षणमा

महासमिति बैठकस्थलमा कांग्रेस नेताको अर्को टोली निरीक्षणमा

नेपालखबर
फागुन १, २०८० मंगलबार १९:९, काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठकस्थलको निरीक्षण गर्न आज (मंगलबार) अर्को टोली पुगेको छ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुने महासमिति बैठकस्थलको निरीक्षण गरेका हुन्।

ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म कांग्रेस महासमिति बैठक हुँदै छ।

यसअघि महामन्त्री विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको टोलीले अवलोकन गरेको थियो।

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति पूर्णबहादुर खड्काले अहिलेसम्मको तयारी राम्रो भएको भन्दै आवश्यक थप तयारी जिम्मेवारीअनुसार व्यवस्थित तरिकाले सम्पन्न गर्न आग्रह गरे।

महासमिति बैठका लागि गठन गरिएका समितिले आ-आफ्नो जिम्मेवारीअनुसारको काम समयमा सम्पन्न गर्न पनि खड्काले आग्रह गर्नुभएको छ।

स्थलगत निरीक्षणका क्रममा महासमिति बैठक तयारीका लागि गठित विभिन्न समितिका प्रमुखहरूले आ-आफ्नो जिम्मेवारीमा रहेका कामको अवस्थाबारे पदाधिकारीहरूलाई जानकारी गराएका थिए। 

निरीक्षण कार्यक्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू उदयशमशेर राणा, जितजंग बस्नेतलगायतका नेताहरू पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .