ad ad

राजनीति


विधान सम्मेलनअघि प्रज्ञा भवनमा माओवादी केन्द्रको पदाधिकारी बैठक

विधान सम्मेलनअघि प्रज्ञा भवनमा माओवादी केन्द्रको पदाधिकारी बैठक

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८० मंगलबार ९:३६, काठमाडौँ

आज (मंगलबार) सुरु हुने विधान सम्मेलनअघि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। 

माओवादी केन्द्रको विधान सम्मेलन अहिले बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु हुँदै छ। 

त्यसअघि अहिले बिहान १० बजे मस्यौदा विधान परिमार्जनका विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए। पदाधिकारी बैठक प्रज्ञा भवनमै बस्ने उनले बताए। 

‘विधान सम्मेलन बिहान ११ बजेदेखि छ’, उनले भने, ‘त्यसअघि १० बजे पदाधिकारी बैठक बस्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .