ad ad

राजनीति


वाईसीएल र अखिल क्रान्तिकारीसँग प्रचण्ड असन्तुष्ट, भने : पूरै नेतृत्व फेर्छौँ

वाईसीएल र अखिल क्रान्तिकारीसँग प्रचण्ड असन्तुष्ट, भने : पूरै नेतृत्व फेर्छौँ

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८० सोमबार १५:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रातृसंगठनहरू अखिल क्रान्तिकारी र वाईसीएल नेपालको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

सोमबार पार्टीको पाँचौँ केन्द्रीय समिति बैठकलाई राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा दाहालले जनवर्गीय संगठन र मोर्चाहरूको पूरै नेतृत्व फेर्ने योजना सुनाए। 

पार्टीले चलाएको जनतासँग विशेष रुपान्तरण अभियानमा वाईसीएल र अखिल क्रान्तिकारीको भूमिमा नदेखिएको पनि बताए। 

‘पार्टीको तीन महिने अभियानमा वाईसीएल र विद्यार्थी (अखिल क्रान्तिकारी) राम्रोसँग चलेनन्’, उनले भने, ‘जनवर्गीय संगठन र मोर्चाको पूरै नेतृत्व बदल्ले सोच छ मेरो।’

उनले पार्टीको तीन महिने अभियानमा नखट्नेहरूलाई कारबाही गरिने पनि घोषणा गरे। यो अभियानलाई लिएर कार्यकर्ताहरूको मूल्यांक चार क्याटेगोरीमा हुने पनि उनले जानकारी दिए। 

‘तीन महिने अभियानमा शतप्रतिशत खट्नेलाई सम्मानपत्र दिन्छौँ। राम्रो खट्नेलाई धन्यवाद पत्र’, उनले भने, ‘तेस्रोलाई सचेत गराउने गरी सावधानी पत्र दिइनेछ। निष्क्रिय रहेका चौथोलाई कारबाही गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .