ad ad

कला


विष्णुसँगको भिडिओबारे मिस पबीले दिइन् यस्तो स्पष्टीकरण

विष्णुसँगको भिडिओबारे मिस पबीले दिइन् यस्तो स्पष्टीकरण

नेपालखबर
माघ २९, २०८० सोमबार १५:२८, काठमाडौँ

यतिखेर मोडल मिस पबीको एउटा भिडियो चर्चामा छ। अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटासँगको भिडिओ राखेसँगै सोसल मिडियामा विभिन्न खाले टिकाटिप्पणी भइरहेको छ।

विष्णु गायिका एलिना चौहानका पूर्वप्रेमी हुन्। हालै एलिना र विष्णुको ब्रेकअपको खबर बाहिरिएको थियो। सोहि बेलानै अष्ट्रेलिया पुगेकी पबीले विष्णुसँग बनाएको भिडिओ भाइरल भइरहेको छ।

विष्णु र मिस पबीको प्रेमसम्बन्ध रहेको हल्ला समेत चलिरहेको छ। सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आएर तनाव भएपछि मिस पबीले स्पष्टिकरण दिएकी छिन्।

‘वास्तविक कुरा म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि आजभोली अस्ट्रेलियाको सिड्नी सहरमा छु। यसकै सिलसिलामा विष्णु सापकोटा लयातको टिमसँग भेट भेएको थियो। उहाँहरुले एउटा बिजनेस प्रमोसनको भिडिओ बनाउनका लागि त्यहाँ मलाई बोलाइएको र सोही सिलसिलामा खिचिएको भिडिओलाई लिएर नेपाली मिडियाहरुले झुट र भ्रामक समाचार प्रकाशन/प्रसारण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेखेकी छिन्।

सत्यतथ्य नबुझि झुट र भ्रामक समाचार लेखेर व्यक्तिगत चरित्रमाथि आँच आउने काम नगर्न समेत उनले आग्रह गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .