राजनीति


पूर्वगृहमन्त्री लामिछानेले प्रश्नै-प्रश्नले घेरे गृहमन्त्री श्रेष्ठलाई

पूर्वगृहमन्त्री लामिछानेले प्रश्नै-प्रश्नले घेरे गृहमन्त्री श्रेष्ठलाई

नेपालखबर
माघ २८, २०८० आइतबार १३:५६, काठमाडौँ

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्नै प्रश्न गरेका छन्। 

समितिको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिन हाजिर भएका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पूर्वगृहमन्त्री लामिछानेका अनेक प्रश्नको सामना गर्नुपरेको हो। 

समितिको बैठकमा रविले तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरालाई अहिलेसम्म पक्राउ गर्न नसकेकोबारे पनि प्रश्न गरे।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निजरलाई हालसम्म पक्राउ नगरेकोबारेमा रविले गृहमन्त्रीलाई घेरेका हुन्। 

‘रामबहादुर थापा बादलका छोरा प्रतीककोबारे के छ अपडेट?’, उनले गृहमन्त्रीसँग सोधे, ‘इन्द्रजित राईका छोरा निरजकोबारे के छ अपडेट? उनीहरूको अवस्था के हो?’

नक्कली शरणार्थी प्रकरणमै जोडिएकी भनिएकी बादल पत्नी एवम् पूर्वसञ्चारमन्त्री नैनकला थापाबारे पनि रविले गृहमन्त्रीलाई घेर्ने प्रयास गरे। ‘नैनकला थापाको बारे के भयो?’, उनले सोधे।

रविले पछिल्लो पटक बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सीजीका निर्देशक अरुण चौधरीबारे पनि जिज्ञासा राखे।

‘बाँसबारी छाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीबारे के हो?’, उनले गृहमन्त्रीलाई सोधे।

यसअघि पनि पूर्वगृहमन्त्री लामिछाने र गृहमन्त्री श्रेष्ठबीच संसदीय समितिमै चर्काचर्की परेको थियो। यस पटक पनि रविले श्रेष्ठलाई घेर्ने कोसिस गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .