ad ad

राजनीति


प्रसाईँको अभियानमा पूर्वराजा आउलान्? निर्मल निवासमा बुझाइयो यस्तो ‘बिन्ती’

प्रसाईँको अभियानमा पूर्वराजा आउलान्? निर्मल निवासमा बुझाइयो यस्तो ‘बिन्ती’

नेपालखबर
माघ २४, २०८० बुधबार १८:३०, काठमाडौँ

दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दनका लागि निम्तो दिएको छ।

अभियानका काठमाडौँ उपत्यका संयोजक राजेन्द्र लाखाले मंगलबार निर्मलनिवासमै पुगेर निम्ता दिएका हुन्। फागुन १ गते काठमाडौँको खुलामञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न चाहेको निम्तापत्रमा उल्लेख छ।

पूर्वराजा शाहले आफू उपस्थित हुने वा नहुनेबारे स्पष्ट जवाफ दिएका छैनन्। उनका निजी सचिव सागर तिमिल्सिनाले ‘बुझेर केही दिनमै खबर गर्ने’ बताएको लाखाले नेपालखबरलाई बताए।

‘फागुन १ हाम्रो अभियानको वार्षिकोत्सव पनि हो,’ लाखा भन्छन्, ‘हामी नागरिक अभिनन्दनका लागि पूर्ण तयारीमा छौँ र राजा उपस्थित हुने कुरामा ढुक्क छौँ।’

‘सृष्टिकै पुरानत सनातन धर्म र एकै राजनेतृत्वको कमलमा उजेलिएको हाम्रो हिन्दु राष्ट्र र नेपाली नागरिकहरू निमुखा सेरोफेरोमा निर्वाहित छन्, सरकार। यो परिस्थितिमा नेपाल र नेपालीको पहिचान एउटै विन्दुमा सँगाल्न जरुरी भयो भन्ने प्रार्थना देशभक्त तथा राजभक्त नेपालीहरूले सरकारको पाउमा चढाएको कुरा सेवकले बिन्ती जाहेर गर्न चाहेको छु प्रभु,’ नगरिक अभिनन्दन मूल समारोह समितिको तर्फबाट पूर्वराजाका लागि दिएको पत्रमा लेखिएको छ, ‘यही भावना समेटेर सरकारको दर्शन पाउन र अभिनन्दन चढाउन पाउमा यो निवेदन बिसाउँदै छु सरकार। अभिनन्दन बिन्ती काठमाडौँको खुला मञ्चमा यही फागुन १ गते ११ बजे चढाउने अनुमति बक्सिन सेवक बिन्ती जाहेर गर्दछु। प्रभु, जो हुकुम सरकार। ’

एक वर्षअघि झापाको काकडभिट्टामा सुरू गरिएको अभियानमा पूर्वराजा शाह सपरिवार उपस्थित भएका थिए।

माघ १५ गते व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाराको सिमरामा भेटेर वार्षिकोत्सव कार्यक्रममा उपस्थितिका लागि कुरा राखेका थिए।

शाहले भने प्रसाईँको अभियानमा भन्दा पनि अभिनन्दनजस्तो कार्यक्रम राखेमा आफू उपस्थित हुन सक्ने जनाउ दिएका थिए। त्यसैले काठमाडौँको कार्यक्रममै शाहको अभिनन्दनको कार्यक्रम राखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .