ad ad

राजनीति


प्रधानमन्त्रीको डायलासिस हरेक शनिबार

प्रधानमन्त्रीको डायलासिस हरेक शनिबार

नेपालखबर
माघ २६, २०७६ आइतबार १३:४४,

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्येक शनिबार डायलासिस गर्न थालिएको छ।

प्रशासनिक काम र अन्य भेटघाट पनि कम हुने भएकाले शनिबार डायलासिसको समय मिलाइएको प्रधानमन्त्रीको सचिवालयका सञ्चार विज्ञ रामशरण बजगाईंले बताए।

‘शनिबार–शनिबार प्रधानमन्त्रीको डायलासिस गर्न थालिएको छ,’ बजगाईंले नेपालखबरसँग भने, ‘डायलासिसपछि केही घण्टा आराम गरेर उहाँ काममा सक्रिय बन्नुहुन्छ।’

गत शनिबार पनि ओलीको डायलासिस गरिएको थियो। त्यसैले आइतबार बिहान आयोजना गरिएको सगरमाथा संवाद र पार्टी सचिवालयका बैठक स्थगित गरिएको थियो।

प्रधानमन्त्री ओली आइतबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समितिको बैठकमा भने सहभागी भएका थिए।

शनिबार डायलासिस गरेपछि चिकित्सकहरुले आइतबार पनि आराम गर्न ओलीलाई सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस हुँदै आएको छ। सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले अहिले सातामा एक पटक मात्रै प्रधानमन्त्रीको डायलासिस हुने गरेको बताए।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

अहिले उनको मिर्गौलाले राम्ररी काम गर्न छाडेपछि डायलासिस गर्न थालिएको हो। गत भदौमा सिंगापुर गएर प्लाज्मा फेरासिस गरेर उनको शरीरमा देखिएको एन्टी बडीलाई हटाइएको थियो।

मिर्गौलाको समस्यासँग जुधिरहेका प्रधानमन्त्री ओलीको मंसिर १० मा सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

मंगलबार प्रधानमन्त्री ओलीले प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँग गरेको छलफलमा चाँडै मिर्गौला ट्रान्सप्लान्ट गरेर तीन वर्ष सरकार चलाउने बताएका थिए। डायलासिस प्रक्रिया झन्झटिलो हुने भएकाले प्रधानमन्त्री ओली नयाँ मिर्गौला राख्ने निश्कर्षमा पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .