ad ad

राजनीति


लिङ्देनको मिश्रलक्षित अर्को कटाक्षः ‘जो पछाडि बसेको छ, ऊ आफूलाई चालक भन्छ’

लिङ्देनको मिश्रलक्षित अर्को कटाक्षः ‘जो पछाडि बसेको छ, ऊ आफूलाई चालक भन्छ’

फाइल तस्बिर : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र


नेपालखबर
माघ १७, २०८० बुधबार ९:३०, काठमाडौँ

कोसी प्रदेशमा सभामुख पद लिएयता संघीयताविरोधी भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बढेको विवाद साम्य हुने छाँटकाँट देखिएको छैन। 

सत्ता गठबन्धन र विपक्षी एमालेको समर्थनमा कोसी प्रदेशसभामा राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बन्न लागेपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसमेत रहेको प्रकाशचन्द्र लोहनी नेतृत्वको केन्द्रीय निर्देशन समितिले सभामुख बन्नबाट ‘ब्याक’ हुन निर्देशन दिएको थियो। तर विष्ट रोकिएनन् र निर्विरोध कोसीको सभामुख बने। 

त्यसयता खासगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध आक्रामक भइरहेका छन्। 

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा ‘हिजोअस्ति आएका रवीन्द्र मिश्रले राप्रपा बुझेकै छैनन्’ भनेर कटाक्ष गरेका अध्यक्ष लिङ्देनले मिश्रविरुद्धको प्रहार रोकेका छैनन्। 

यसै क्रममा उनले फेरि एक सार्वजनिक कार्यक्रममा मिश्रलक्षित कडा टिप्पणी गरेका छन्। जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

अध्यक्ष लिङ्देनले वरिष्ठ उपाध्यक्ष मिश्रको नाम नलिईकन बसको पछाडि बसेको व्यक्तिले आफूलाई चालक सम्झेर खास चालकलाई गाडी चलाउन सिकाएको भनी कटाक्ष गरेका छन्।   

‘अनुभव छन् भने त्यसरी होइन है, यसरी चलाउनुपर्छ भन्ने छ भने त्यो पनि सुन्छु’, उनले भनेका छन्, ‘तर जो पछाडि बसेको छ, आफूलाई डाइबर भन्छ, तर गाडीचाहिँ जीवनभरि ठोक्काएर थाङ्थिलो पारेको मान्छेले भनेको अनुसार त म कुदाउँदिनँ। जसले जीवनमा एकचोटि पनि एउटा स्ट्यान्डबाट अर्काे स्ट्यान्डसम्म राम्रोसँग गाडी पुर्‍याकोे छैन, भन्नचाहिँ आफूलाई सधैँभरि आफूलाई डाइबर हुँ भन्छ, त्यस्तो डाइबरको कुरा राजेन्द्रले मानोस् त तपाईंहरू आफैँ भन्नूस् ल? प्रमाणित छ, म त्यस्तो मान्दिनँ। मान्दिनँ, तपाईंहरू ढुक्कसँगले रहनूस्।’  

सुन्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .