राजनीति


कांग्रेसद्वारा तेस्रो दिन पनि संसद अवरुद्ध, सभामुखले दिएनन् बाेल्ने समय

कांग्रेसद्वारा तेस्रो दिन पनि संसद अवरुद्ध, सभामुखले दिएनन् बाेल्ने समय

नेपालखबर
माघ २६, २०७६ आइतबार ८:७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।

आइतबार दिउँसो १.४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक सभामुखले आरम्भ भएको घोषणा गर्नसाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन्।

कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गर्दै आएको छ।

आइतबारको बैठकको प्रारम्भमै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले बोल्न खाजे पनि सभामुख सापकोटाले उनलाई बोल्ने समय नै नदिइ संसद बैठक स्थगित गरेको हुन्। सभामुखले कांग्रेसलाई यसअघिका दुई बैठकमा एउटै विषमा बोल्न दिएको भन्दै आइतबारको बैठकमा आफूले बोल्ने अनुमति नदिएको बताएका थिए।

संसदको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले सदनलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad