ad ad

राजनीति


कोसीको परिणाम अप्रत्याशित, गम्भीर छलफल हुन्छ : गठबन्धन

कोसीको परिणाम अप्रत्याशित, गम्भीर छलफल हुन्छ : गठबन्धन

नेपालखबर
माघ १६, २०८० मंगलबार २१:५, काठमाडौँ

सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निस्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए। उनले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताए।

नेता लेखकले कोसीमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको बताए। उनले उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने बताए।

उनले भने, ‘कोसी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको छ। अरु प्रदेशको बारेमा पनि छलफल भएको छ। कोसीमा अप्रत्याशित रिजल्ट आएको छ। यो गम्भीर छ। यसका बारेमा प्रारम्भिक छलफल भएको छ। गठबन्धन एकमुष्ठ छ, एकीकृत छ। गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन। परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .