ad ad

राजनीति


राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छ : लोहनी

राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छ : लोहनी

नेपालखबर
माघ १२, २०८० शुक्रबार १९:२३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन्।

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका हुन्। उनले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए नगरी बस्नुपर्ने बताए।

लोहनीले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने बताए। उनले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमाले, कांग्रेस र माओवादी भन्दा फरक रहेनछ भन्ने स्थितिमा पुर्याउनु नहुनेमा शतर्क रहनुपर्ने बताए। उनँले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडी बढाउनुपर्ने बताए।

छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा र हिन्दुराष्ट्रको एजेण्डा लिएर जाँदा देशमा न्युनतम ३० प्रतिशतदेखि अधिकतम ५० प्रतिशत जनमत आउने बताए।

उनले नेताहरूको अवसरवादी चरित्र र खराबिको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .