राजनीति


कोसीमा गठबन्धनलाई झट्का, एमाले उम्मेदवार कोइराला विजयी

कोसीमा गठबन्धनलाई झट्का, एमाले उम्मेदवार कोइराला विजयी

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८० बिहिबार १६:५४, काठमाडौँ

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्।

नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्।

कोइरालाले ५ हजार ८६  मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाइन्। 

कार्की नेकपा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। उता एमालेकी कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको थियो। 

कोसी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका थिए। सत्ता गठबन्धनबाट क्रस मत तान्न सफल कोइरालाले राष्ट्रियसभाको यात्रा पक्का गरिन्। 

उनले सत्ता गठबन्धनका तीनजनाको मत तानेकी हुन्। मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको छ। 

कोसीमा एमाले र राप्रपाले गठबन्धन गरेका थिए। कोसी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद थिए। कोइरालाले एमाले-राप्रपा गठबन्धनबाहिरबाट तीन सांसदको मत तानिन्।

कोइरालाको पक्षमा ४९ जनाको मत खसेको हो। सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाइन्। कोसीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .