राष्ट्रिय सभा निर्वाचन कर्णाली प्रदेशबाट महिला क्लस्टरमा नेकपा माओवादी केन्द्रकी सावित्री मल्ल विजयी भएकी छन्।
उनले नेकपा एमालेकी उम्मेदवार विमलाकुमारी शाहीलाई हराउँदै पराष्ट्रिय सभामा स्थान सुरक्षित गरेकी हुन्।
निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ मल्लले २९ अर्थात् एक हजार ५३७ र स्थानीय जनप्रतिनिधिबाट ११५ अर्थात् दुई हजार १८५ गरि जम्मा तीन हजार ७२२ मत प्राप्त गरेकी छन्।
यस्तै, एमालेबाट उम्मेदवार विमलाकुमारी शाहीले प्रदेश सभातर्फ ११ अर्थात् ५८३ र स्थानीयतर्फ ४१ अर्थात् ७७९ गरि जम्मा एक हजार ३६२ मत प्राप्त गरेकी छन्।
यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ।
अहिले अन्य क्लस्टरको मतगणना भइरहेको छ।
291
Shares

प्रतिक्रिया