ad ad

राजनीति


अखिल क्रान्तिकारी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी

अखिल क्रान्तिकारी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी

नेपालखबर
माघ ७, २०८० आइतबार २०:३, काठमाडौँ

कालिकोटका एकजना किशोरको हत्या अभियोगमा जिल्ला अदालत सुर्खेतबाट अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले अदालतलबाट शुक्रबार जारी भएको पक्राउ पुर्जी आइतबार आइपुगेको जानकारी दिए। 

१५ वर्षअघि कालीकोटका १७ वर्षीय किशोर राजबहादुर मल्लको हत्यामा संलग्न भएको अभियोगमा सिंहसहित माओवादी कार्यकर्ताहरूविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी भएको हो। 

खड्काका अनुसार पक्राउ पुर्जी जारी भएसँगै घटनाबारे अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि अदालतबाट पक्राउ पुर्जी जारी हुँदा प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न आनाकानी गर्दै आएको थियो।

सुर्खेतको जन माध्यमिक विद्यालयका विद्यार्थी राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी प्रहार गरी हत्या भएको थियो। 

त्यसपछि उनका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएका थिए। उक्त प्रकरणमा राजबहादुरका बुवाले पनि २०७९ ३ गते टाइगरसहित पञ्चा सिंहविरुद्ध पनि किटानी जाहेरी दर्ता गराएका थिए। 

यो प्रकरणमा कालिकोटको महावै गाउँपालिका निवासी अखिल क्रान्तिकारी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध प्रकाउ पुर्जी जारी भएको छ। ,

प्रहरी निरीक्षक खड्काका अनुसार किशोर हत्या प्रकरणमा पदमबहादुर रावत, बालकृष्ण सिंह ‘गुराँस’ , टंकबहादुर सिंह, वीरबहादुर मल्ल  ‘सुभाष’ र अनिल कार्की ‘अशोक’ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .