पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदको निर्णय र तत्कालिन प्रधानमन्त्रीलाईसमेत छानबिनको दायरामा ल्याउनुपर्ने जनआवाज सही भएको बताएका छन्।
शुक्रबार राति ट्विट गर्दै डा. भट्टराईले आफूले सुरुदेखि नै जनआवाजलाई कदर गर्दै आएको बताउँदै त्यसनिम्ति अहिलेको जस्तो कमजोर अख्तियारको संरचना र हैसियत पर्याप्त नहुने बताएका छन्। डा. भट्टराईले लेखेका छन्, ‘तरकारी काट्ने चक्कुले खसी काट्न सक्दैन, त्यसलाई खुकुरी नै चाहिन्छ।’
— Baburam Bhattarai (@brb1954) February 7, 2020२.त्यसनिम्ति निरीह अख्तियारको सट्टा सिधै संसदप्रति उत्तरदायी हुने,उच्च न्यायसेवा र विशिष्ठ सार्वजनिक व्यक्तित्वहरू रहने,छुट्टै संवैधानिक सेवाका जनशक्ति भएको अधिकारसम्पन्न जनलोकपाल(Ombudsman)को व्यवस्था गरौं!नत्र भ्रष्टाचारको मुद्दा सत्ताधारी दलले विपक्षी तर्साउने खेल मात्र हुनेछ!
सो प्रकरणमा पूर्व प्रधानमन्त्री माधव नेपाल र डा. भट्टराईकोसमेत नाम जोडिएकाले उनीहरुमाथिसमेत छानबिन र कारबाहीको माग बढेको छ। तर, तत्कालिन मन्त्रीहरुसहित १७५ जना विरुद्ध आरोप पत्र दायर गरेको अख्तियारले दुवै पूर्व प्रधानमन्त्रीलाई मुद्दा चलाएको छैन।
यसअघि नै डा. भट्टराईले आफू नीलकण्ठ बन्न तयार भएको बताएका थिए।
प्रतिक्रिया