ad ad

राजनीति


संसदीय समितिका सभापतिहरूसँग सभामुख घिमिरेको छलफल

संसदीय समितिका सभापतिहरूसँग सभामुख घिमिरेको छलफल

नेपालखबर
माघ ७, २०८० आइतबार ११:५५, काठमाडौँ

संघीय प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन्। 

सिहदरबारस्थित कार्यकक्षमा १० वटा समितिका सभापतिहरुसँग सभामुखले करिब १ घण्टादेखि छलफल गरिरहेका छन्।

समितिमा रहेका विधेयकहरुको अवस्थालगायतका विषयमा सभामुख घिमिरेले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहँदा त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका हुन्।

सरकारले संसदको हिउँदे अधिवेशन बोलाउनै बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .