ad ad

राजनीति


ताइवानमा लाइको विजयपछि बेइजिङको प्रतिक्रिया : यो चुनावले एकीकरणतर्फको यात्रा रोकिँदैन

ताइवानमा लाइको विजयपछि बेइजिङको प्रतिक्रिया : यो चुनावले एकीकरणतर्फको यात्रा रोकिँदैन

नेपालखबर
पुस २९, २०८० आइतबार १३:३३,

ताइवानको चुनावमा सत्तारुढ दलकै विलियम लाइ चिङ तेको विजयले मुख्यभूमि चीनसँग तनाव थप चर्किने आशंका गरिएको छ। डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका तर्फबाट लाइले शनिबारको चुनावमा सहज जित हात पारेका छन्।

लाइले खसेको मतको करिब ४० प्रतिशत हिस्सा प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी कोमिन्ताङका होउ युले ३३.५ प्रतिशत मत प्राप्त गरेका छन्।

जित स्वीकार गर्दै लाइले चुनावले लोकतन्त्रप्रतिको ताइवानी जनताको दृढतालाई विश्वसामु देखाएको बताएका छन्। उनले सो टापुको चिप उद्योगको विकासमा कुनै कसर नछाड्ने पनि बताए।

‘राष्ट्रपतिका रुपमा म सेमिकन्डक्टर उद्योगको विकासमा गर्ने सहयोगलाई निरन्तरता दिनेछु,’ उनले भने।

चीनको ताइवान मामिला कार्यालयले प्रतिक्रिया दिँदै ‘अवश्यंभावी पुनर्एकीकरणतर्फको सामान्य गतिलाई’ उनको विजयले रोक्न नसक्ने बताएको छ।

तर, यो चुनावले जलसन्धि वारिपारिको सम्बन्धलाई अझ जटिल तुल्याउने विश्लेषण भइरहेको छ। चीनले ताइवान टापुसँग एकीकरणको घोषित नीति अख्तियार गरेको छ। लाइ र उनको पार्टी भने ताइवान स्वतन्त्रतालाई समर्थन गर्छन्। 

डीपीपी १९९६ मा ताइवानमा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन हुन थालेयता लगातार तेस्रो पटक जित हात पार्ने पहिलो पार्टी भएको छ।

तर, संसदमा बहुमत गुमाएसँगै डीपीपीलाई आफ्ना नीति लागू गर्न कठिनाइ हुने देखिएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .