ad ad

राजनीति


भारतले आफूखुसी २० करोड खर्च गर्ने सम्झौता एमालेलाई अमान्य : ईश्वर पोखरेल

भारतले आफूखुसी २० करोड खर्च गर्ने सम्झौता एमालेलाई अमान्य : ईश्वर पोखरेल

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १७:४९, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय राजदूतावासले नेपालमा आफूखुसी २० करोड रुपैँयासम्मका योजनामा खर्च गर्ने गरी सरकारले गरेको सम्झौता एमालेलाई मान्य नरहेको बताएका छन्। 

राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पोखरेलले यो सम्झौता स्वीकार्न नसकिने बताएका हुन्।

यो सम्झौता राष्ट्रहित र राष्ट्रिय स्वाधीनताविपरीतको कार्य भएको उनले बताए। 

‘कुनै पनि मुलुकको राजदूतावासले नेपालभित्र आएर बजेट वितरण गर्ने र आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ’, उनले भने, ‘एमाले त्यो सहमति र सम्झौताको विरोध गर्दछ, त्यसप्रति असहमति प्रकट गर्दछ।’

एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई कमजोर हुन नदिने उनले प्रष्ट पारे। यसका लागि एमाले दृढतापूर्वक उभिने पोखरेलले प्रतिबद्धता जनाए। 

सामाजिक सुरक्षाका विभिन्न क्षेत्रलाई एमालेले अघि बढाउने र विस्तार गर्ने उनले बताए। राज्यको तर्फबाट ती कुरा पूरा गर्ने उनले प्रतिबद्धता जनाए। देशका धेरै संरचना अपाङ्गतामैत्री बनाउनु पर्ने कुरामा एमालेको ध्यान रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .