ad ad

राजनीति


जयशंकरले पशुपतिमा गरे पूजा र वृक्षरोपण (तस्बिर)

जयशंकरले पशुपतिमा गरे पूजा र वृक्षरोपण (तस्बिर)

विशाल कार्की/सरोज नेपाल
पुस २०, २०८० शुक्रबार ८:४८, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। 

दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेका जयशंकरले आज (शुक्रबार) बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।

त्यस क्रममा उनले पशुपतिमा पूजाआजा गर्नुका साथै रुद्राक्षको वृक्षरोपणसमेत गरेका छन्। 

जयशंकरले बिहीबार काठमाडौँमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए। नेपाल भ्रमण सकेर आजै दिउँसो उनी विशेष विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .