ad ad

राजनीति


मधेशवादी दलका तीन शीर्ष नेतालाई भेटेपछि भारतीय विदेशमन्त्रीले भने- यो भेटले खुसी बनायो

मधेशवादी दलका तीन शीर्ष नेतालाई भेटेपछि भारतीय विदेशमन्त्रीले भने- यो भेटले खुसी बनायो

नेपालखबर
पुस २०, २०८० शुक्रबार ८:९, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले नेपालका मधेस केन्द्रीत दलका शीर्ष नेतासँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्। 

बिहीबार साँझ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले भारतीय भारतीय दूतावासमा पुगेर जयशंकरलाई भेटेका थिए। 

तीन नेतासँगको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै जयशंकरले लेखेका छन्, ‘महन्थ ठाकुर जी, उपेन्द्र यादव जी र सीके राउतजीलाई भेट्न पाउँदा खुशी लाग्यो। हाम्रा विकास सहकार्यलाई अघि बढाउने विषयमा वहाँहरुसँग निकै उपयोगी वार्तालाप भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .