राजनीति


नेकपा विभाजनका कारण जनतामा निराशा बढ्यो : वर्षमान पुन

भने : एमाले र माओवादीबीच प्रमुख कार्यदिशामा मतान्तर छैन
नेकपा विभाजनका कारण जनतामा निराशा बढ्यो : वर्षमान पुन

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८० बुधबार १८:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेपका) विभाजनका कारण जनतामा निराशा बढेको बताएका छन्। 

मार्क्सवादी अध्ययन केन्द्रले बुधबार राजधानीमा गरेको ‘आजको वामपन्थ’ शीर्षकको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै पुनले पछिल्लो समय जनता निराश हुनुको प्रमुख कारण नेकपा विभाजन भएको बताए। 

नेकपा बचाउन नसक्नुमा शीर्षस्थ नेता दोषी रहेको भन्दै त्यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे। 

‘नेकपाको एकता टिकाउन सक्नुपर्‍थ्यो’, पुनले भने, ‘म पनि त्यतिबेलाको मन्त्री भएका कारण जिम्मेवारी लिन्छु, तर मुख्य जिम्मेवारी शीर्ष नेताहरूले नै लिनुपर्छ।’ 

पुनले कहिले शान्तिपूर्ण र कहिले संघर्ष संघर्षको धाराबाट आएका एमाले र माओवादीबीच प्रमुख कार्यदिशामा मतान्तर नरहेको पनि बताए। 

उनले झापादेखि एमालेले गरेका संघर्षको स्वामित्व आफूहरुले लिने भन्दै १० वर्षे माओवादी जनयुद्धको स्वामित्व लिन र शान्ति प्रक्रियाका बाँकी काममा सहकार्यको हात बढाउन पुनले एमाले नेतृत्वलाई आग्रह गरे। 

‘०६२/०६३ को जनआन्दोलन कम्युनिष्टहरुको नेतृत्वमा भएको हो। त्यसको स्वामित्व लिऔं’, पुनले भने, ‘एकअर्काप्रति लक्षित घोचपेच छाडेर शान्ति प्रक्रियाका काममा सहकार्य गरौं।’ 

पुनले तत्कालै वर्तमान सत्ता गठबन्धन र सरकार परिवर्तन नभए पनि शान्ति प्रक्रियाको पूर्णता, गणतन्त्रसहित राजनीतिक परिवर्तनमाथि दक्षिणपन्थी शक्तिबाट हुन थालेका प्रहारको प्रतिवाद तथा संविधान कार्यान्वयनसहित देश विकासका एजेण्डामा एमाले–माओवादी सहकार्यको विकल्प नरहेको औँल्याए। 

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिक प्रतिनिधत्वका एजेण्डामाथि राजावादी र केही नयाँ भनिने शक्तिले प्रहार केन्द्रित गरेका बेला परिवर्तन ल्याउन भूमिका खेलेका सबै प्रमुख राजनीतिक शक्तिबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो। 

संघ र प्रदेशका संसद तथा स्थानीय सरकार, अदालत र कर्मचारीतन्त्रमा महिला, मधेसी, जनजाति र दलितहरूको समानुपाकित प्रधिनिधित्व भएको मन नपराउने वर्तमान संविधान र प्रणालीको विरोधमा उत्रिएको पुनले बताए। 

‘अहिले सबैभन्दा बढी आर्थिक वृद्धिद्धर कर्णालीमा देखिएको छ। यो साधनश्रोत तलसम्म वितरण भएकाले भएको हो’, उनले भने, ‘श्रोत तल गएपछि माथि बसेर खटनपटन गर्दै आएकालाई संघीयता मन परेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad