ad ad

राजनीति


गणतान्त्रिक व्यवस्था असफल भइसक्यो : कमल थापा

गणतान्त्रिक व्यवस्था असफल भइसक्यो : कमल थापा

नेपालखबर
पुस १७, २०८० मंगलबार २१:१, बर्दिबास

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्था असफल भएको भन्दै व्यवस्था परिवर्तनको लागि जनआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन्।

आज महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले अहिलेको भ्रष्टतन्त्र र व्यवस्था परिवर्तन गर्न चाहेको भन्दै अहिलेको लथालिङ्ग भताभुङ्ग अव्यवस्थाबाट मुक्ति चाहने हो भने आन्दोलनको विकल्प नभएको बताए।

सनातन धर्मसंस्कृती पहिचान सड्ढटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाब बढेको भन्दै थापाले हिन्दु धर्म माथिको अपमान र थिचोमिचो सहन गर्न नसकिने बताए।

धर्म परिवर्तनको डढेलोले सिङ्गो मुलुक आक्रान्त रहेको चर्चा गर्दै थापाले आन्दोलनको निमित्त सम्पूर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्तहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिए।

प्रशिक्षणमा तराई मधेस क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र, जिल्ला, नगरका प्रतिनिधिहरुको सहभागिता रहेको पार्टीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .