राजनीति


माओवादी प्रवक्ता भन्छन् : बालकुमारी घटना स्वभाविक छैन, जनता भड्काउन खोजिँदैछ

माओवादी प्रवक्ता भन्छन् : बालकुमारी घटना स्वभाविक छैन, जनता भड्काउन खोजिँदैछ

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८० मंगलबार १४:२७, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले गत शुक्रबार ललितपुरको बालकुमारीमा दुईजना युवकको ज्यान जाने गरी भएको घटनालाई सामान्य मान्न नसकिने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस घटना प्रथम दृष्टिमै त्रुटिपूर्ण र गम्भीर रहेको दाबी गरे। 

बालकुमारी घटना गम्भीर भएकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरक्षा निकायसँगको छलफलमा रहेको उनले बतए। माओवादीले यो घटनाको पृष्ठभूमि हेर्दा सामान्य नदेखिएको बताए। 

‘जाँचबुझ आयोग बनेको छ। उक्त आयोगले नै विस्तृत विवरण ल्याउनेछ। बाललकुमारी घटना गम्भीर हो। प्रधानमन्त्री अहिले सुरक्षा निकायसँग छलफलमा हुनुहुन्छ। यस घटनालाई रूप र सारमा हेर्न जरुरी छ’, सापकोटाले भने, ‘यो घटनापछि जनतामा आक्रोश देखिनुलाई स्वाभाविक मान्न सकिन्छ। बालकुमारीमा गोली चलाइहाल्नुपर्ने अवस्था थिएन। तर यो घटनालाई हामीले स्वभाविक रुमा लिएका छैनौँ। यो घटना रहस्यपूर्ण छ। अहिले अनेक कारण र बहानामा जनता भड्काउन खोजिएको छ। हामीले बालकुमारी घटनालाई त्यसैगरी विश्लेषण गरेका छौँ।’

दक्षिण कोरियामा रोजगारीमा जानेका लागि ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयमा हुने परीक्षाको विवादलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूमाथि शुक्रबार प्रहरीले गोली चलाउँदा दुईजना युवकको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .