ad ad

राजनीति


बालकुमारी घटनामा ईपीएस शाखा प्रमुखले हल्का जवाफ दिए : गृहमन्त्री

बालकुमारी घटनामा ईपीएस शाखा प्रमुखले हल्का जवाफ दिए : गृहमन्त्री

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार १०:७, काठमाडौँ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमार घटनाको सम्बन्धमा संसदको राज्य ब्यबस्था तथा सुशासन समितिमा पुगेर जवाफ दिएका छन्। 

सोमबार बिहान गृहमन्त्री श्रेष्ठले सिंहदरबारस्थित समितिको बैठकमा गएर घटनाको विषयमा सरकारको तर्फबाट जवाफ दिएका हुन्।

गएको शुक्रबार बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको विषयमा छलफलका लागि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री श्रेष्ठलाई बैठकमा बोलाएको हो। 

यसअघि आजकै बैठकमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले घटनाको विषयमा समितिमा जवाफ दिएका छन्। 

जवाफको क्रममा गृहमन्त्री श्रेष्ठले अदालत गएका १८ जनालाई परीक्षामा सामेल गराउनु भन्ने आदेश दिएपछि अरु २८ हजार जनामा नकारात्मक प्रभाब पर्दा घटना भएको बताएका छन्।  

केही दिनदेखि बालकुमारीमा असन्तुष्ट युवाहरुले गरिरहेको प्रदर्शनको विषयमा आफूले घटना हुनुभन्दा अघि ईपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीलाई बोलाएर जानकारी लिएको श्रेष्ठले बताए। ‘तर, उहाँले केही हुँदैन ३ बजेसम्म बसेर जान्छन् भनेर हल्का जवाफ दिनुभयो, यो हामीलाई चित्त बुझेको छैन,’ गृहमन्त्री श्रेष्ठले भने।

उनले प्रदर्शन भइरहेको ठाउँमा मन्त्रीको गाडी लगिएको विषयमा पनि असन्तुष्टि जनाए। 

‘पीएसओ र बडिगार्डले मन्त्रीको गाडीलाई त्यहाँ जानबाट किन नरोकेको होला? जसरी हुन्छ ईपीएसमा दुर्घटना हुन नदिने कुरा भएको थियो। मन्त्रीज्यू बाहिर निस्केर पनि कुरा गर्न थाल्नु भएछ। त्यसपछी घटना भएको भिडियोमा नै देखिन्छ,’ गृहमन्त्री श्रेष्ठले जवाफको क्रममा भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .