ad ad

राजनीति


काठमाडौँबाट सीके राउतसहित ६३ जना पक्राउ

काठमाडौँबाट सीके राउतसहित ६३ जना पक्राउ

नेपालखबर
पुस १६, २०८० सोमबार १०:१९, काठमाडौँ

काठमाडौँबाट प्रहरीले राष्ट्रिय जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त राउत (सीके राउतसहित ६३ जनालाई पक्राउ गरेको छ। 

‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनमत पार्टीका राष्ट्रिय सचिव वीपी साहले नेपालखबरलाई जानकारी दिए। 

अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। 

‘राष्ट्रि धोती दिवस मनाउन बबरमहलबाट माइतीघर जाँदै गर्दा डा.सीके राउतसहितको जनमत पार्टीका ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ। अहिले हामीलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ,’ साहले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .