ad ad

राजनीति


बालकुमारी घटना अनुसन्धान गर्न आयोग गठन

बालकुमारी घटना अनुसन्धान गर्न आयोग गठन

नेपालखबर
पुस १६, २०८० सोमबार ९:३४, काठमाडौँ

ललितपुरको बालकुमारीमा प्रहरीको लाठी र गोली प्रहारबाट दुई युवक मारिएको घटना अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा आयोग गठन गरेको हो।  

आयोगमा पूर्वएआईजी अरुण बिसी र गृहका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन्।

बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने जिम्मेवारी आयोगलाई दिइएको सञ्चारमन्त्री शर्माले बताइन्।

उनका अनुसार घटनाबारे अध्ययन गरी प्रतिवेदन बुझाउन तथा दोषी देखिएकालाई कारबाहीका लागि सिफारिस गर्न आयोगलाई एक महिनाको समय दिइएको छ।

भिडिओ

यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरिसकिएको छ। 

गत शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। 

सरकारले उनीहरुका परिवारलाई १०/१० लाख दिने निर्णय यसअघि नै गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .