राजनीति


‘हमर किडनी लेलीय, उपभोक्ताके भुक्तानी देदीय’

‘हमर किडनी लेलीय, उपभोक्ताके भुक्तानी देदीय’

शैलेन्द्र महतो
माघ २१, २०७६ मंगलबार १५:३७,

स्थापनाको दुईवर्ष पुरा गरेको अवसरमा मंगलबार जनकपुर स्थित प्रदेश सभा २ ले मंगलबार दोश्रो वार्षिकोत्सव मनाइरहेको थियो। प्रदेशसभा प्रांगणमा प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सांसदहरु वार्षिकोत्सवमा रमाइरहेका थिए। नयाँ पोशाकमा प्रायः उपस्थितहरु सुसज्जित देखिन्थे। सबैको अनुहार हर्षित देखिन्थ्यो। त्यहि प्रदेशसभा बाहरि भने अर्कै पृथक दृश्य थियो।

‘असक्षम सरकार, निक्कमा मन्त्री राजिनामा दे, हम्मर किडनी लेलीय, उपभोक्ताके भुक्तानी देदीय' लगायतका मैथिलीमा लेखिएको नारा प्लेकार्ड सहित एक हुल मानिस बसेका थिए। उनीहरुको अनुहार निन्याउरो र आक्रोशित देखिन्थ्यो। ती मासिहरुको हुल थियो, प्रदेश सरकारका संसदीय विकास कोष मार्फत बिभिन्न विकासे काम गरेका उपभोक्ता समितिका पदाधिकारीहरुको।

हालसम्म प्रदेश सरकारले पूर्ण भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरु धर्नामा बसेका थिए। प्रदेश सरकारको बजेटबाट बिभिन्न विकासे काम गरेका उपभोक्ता समितिले हालसम्म आफ्नो आर्थिक वर्ष २०७५।०७६ को पूर्ण भुक्तानी नदिएको भन्दै आन्दोलनको कार्यक्रमहरु गर्दै आएका छन्।

hamar-kidny-1.jpg

केहिदिन अघि जनकपुरमै मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको फोटो सहितको व्यानर समेत सार्वजनिक स्थलमा झुण्ड्याएर उनीहरु जुत्ता प्रहार गर्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरेर छाडेको थियो।

उपभोक्ता संघर्ष समितिका रोशनसिंह राणाले पछिल्लो आर्थिक वर्षकै सरकारले भुक्तानी नगर्दा आफूहरु ठूलो समस्यामा परेको गुनासो गरे। भुक्तानी नदिएसम्म प्रदेश सरकारविरुद्ध उपभोक्ता समितिको आन्दोलन जारी रहने उनले बताए।

प्रदेश सरकारले गत आर्थिक वर्षमा सम्पन्न ८ सय ४२ योजनाहरु मध्ये उपभोक्ताहरुको ८६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad