ad ad

राजनीति


राष्ट्रपति पौडेल र श्रीलंकाका विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र श्रीलंकाका विदेशमन्त्रीबीच भेटवार्ता

तस्बिर : रासस


नेपालखबर
पुस ६, २०८० शुक्रबार १४:२२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्।

त्यसअवसरमा उनीहरूबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

श्रीलङ्काका विदेशमन्त्री एमयुएम अली साब्री चारदिने औपचारिक भ्रमणमा बुधबार नेपाल आएका थिए। 

नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका हुन्। उक्त बैठक सम्पन्न भइरहेको छ। 

विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .