ad ad

राजनीति


बालेन्द्र उठेर हिँडेपछि प्रधानमन्त्रीले भने : अरूका कुरा पनि सुन्ने बानी गर्नूस्

बालेन्द्र उठेर हिँडेपछि प्रधानमन्त्रीले भने : अरूका कुरा पनि सुन्ने बानी गर्नूस्

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २, २०८० सोमबार १२:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अरुका कुरा पनि सुन्न सुझाएका छन्। 

ललितपुर महानगरपालिकाको स्थापना दिवसलाई प्रमुख अतिथिका रुपमा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले शाहले आफ्ना कुरा सन्दै नसुनी हिँडेको भन्दै गुनासो गरेका हु्न्। 

‘बालेन्द्रजी पहिले बोलेर हिँडिहाल्नुभयो। पहिला बोलेर अरूका कुरा नसुनी हिँडिहाल्नेसँग मलाई अलिक इरिटेसन हुन्छ’, दाहालले भने, ‘आफूलाई लागेको कुरा भनिहाल्ने, अनि त्यसको जवाफ सुन्न नबस्ने यो त ठीक भएन। अरूका कुरा सुन्न पनि बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म बसेर कुरा सुन्नुपर्छ।’

मेयर बालेन्द्रले बागमतीका सुकुमम्बासी, तीनकुनेको खाली जग्गा र फोहोरमैला व्यवस्थापनमा आफूसँग छलफल नगरेको पनि उनले बताए।

‘तपाईंले ती समस्याका लागि हामीसँग कतिपटक बैठक बस्नुभयो सिंहदरबारमा? मजस्तो सहयोगी प्रधानमन्त्री अर्को को पाउनु हुन्छ?’, उनले भने, ‘ती कुराबारे रिकोग्नाइज गर्न तपाईं किन डराउनुहुन्छ? ललितपुर र भक्तपुरलाई संयोजन गर्ने जिम्मा पनि बालेन्द्रजीसँग छ। प्रधानमन्त्रीले बल गर्दै छ भन्ने किन देख्नुभएन?’

त्यसअघि बोल्दै मेयर शाहले फोहोर व्यवस्थापन, खोला अतिक्रमणलगायत विषयमा संघीय सरकारबाट सहयोग नपाएको गुनासो गरेर हिँडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .