राजनीति


राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने

राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८० आइतबार १७:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकका सात स्थानमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।

आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन र प्रगति समीक्षा पनि गरेको छ।

अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको ब्यवस्था असफल सावित भइसकेकोले यो त्रुटीपूर्ण मार्गचित्रबाट मुकुकले निकास पाउन नसक्ने विश्लेषण सुनाए। उनले अब नयाँ जनआन्दोलनको आवश्यकतामा जोड दिए।

थापाले आन्दोलन सफल बनाउन बृहत राष्ट्रवादी प्रजातान्त्रिक मोर्चाको निर्माण आवश्यक भएकोले मोर्चा निर्माणमा पार्टीले तदारुकता देखाएको बताए।

यसलाई निष्कर्षमा पुर्‍याउन सबैको सकारात्मक भूमिका र पहल आवश्यक रहेको चर्चा थापाले गरे।

कार्यक्रमअनुसार बागमतीतर्फ १२ गते काठमाडौँमा, मधेशतर्फ १६ गते जनकपुरधाममा , मध्यपश्चिमतर्फ पुस १८ गते बुटवलमा, कर्णालीतर्फ पुस १० गते सुर्खेतमा र सुदूरपश्चिमतर्फ २२ गते कञ्चनपुरमा भेला र प्रशिक्षण कार्यक्रम राखिएको महामन्त्री राजाराम बर्तौलाले बताए।

उनका अनुसार गण्डकी र कोशीको मिति पछि तय गरिने छ। उपत्यकाभित्र भक्तपुरमा आगामी पुस १४ गते जिल्ला कार्य समितिले सभा गर्नेसमेत पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .