ad ad

राजनीति


नुसानको नयाँ अध्यक्षमा प्रवीणा अमात्य

नुसानको नयाँ अध्यक्षमा प्रवीणा अमात्य

नेपालखबर
पुस १, २०८० आइतबार ९:५०, काठमाडौँ

नेपाल–अमेरिका पूर्वविद्यार्थी सञ्जाल (नुसान) को नयाँ अध्यक्षमा प्रवीणा अमात्य चयन भएकी छन्। 

यो अमेरिकी एक्सचेन्जअन्तर्गत पूर्वविद्यार्थीको नेटवर्क हो, जसले व्यावसायिक सम्बन्ध प्रवर्द्धन गर्न, शैक्षिक विचार आदानप्रदान गर्न र नेपाल–अमेरिका सम्बन्धका फाइदा नागरिक तहमा उपयोग गर्न मद्दत गरिरहेको छ। 

नवनिर्वाचित नुसान कार्यसमितिको उपाध्यक्षमा बमनकुमार घिमिरे, महासचिवमा स्वर्ण ताम्राकार, सचिवमा निकेश बलामी र कोषाध्यक्षमा कुश्मा केसी चयन भएका छन्। 

त्यस्तै सदस्यमा रोशन खड्का, अशोक साह, प्रकाश लामिछाने, कृष्णबहादुर सुनार, गार्गी नेपाल र सागर कोइराला चयन भएका छन्।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

अमेरिकी विदेश विभागबाट प्रायोजित कार्यक्रममा भाग लिएका सबै नेपाली व्यवसायी यो संस्थाको सदस्य बन्न पाउने नुसानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .