ad ad

राजनीति


यी हुन् राष्ट्रियसभा निर्वाचनका लागि दर्ता भएका १२ दल

यी हुन् राष्ट्रियसभा निर्वाचनका लागि दर्ता भएका १२ दल

नेपालखबर
मंसिर ३०, २०८० शनिबार ७:४७, काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ वटा दल दर्ता भएका छन्।

राष्ट्रियसभा  निर्वाचनका लागि आयोगले शुक्रबारसम्म दल दर्ताका लागि समय दिएको थियो। आयोगले दिएको ५ दिनको समयसीमाभित्र १२ वटा दलले दल दर्ता गराएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी‚ जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा‚ नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आयोगमा दल दर्ता गराएका हुन्।

दर्ता भएका दलको आगामी सोमबार प्रकाशित गरिने पौडेलले बताए। राष्ट्रियसभा निर्वाचनका लागि अब दल दर्ता गर्न पाइने छैन।

आयोगले दल दर्ताका लागि दिएको निवेदनउपर छानबिन गरेर आगामी सोमबार दलहरुको अन्तिम सूची सार्वजनिक गर्नेछ। आयोगमा दर्ता भएका १२ वटा दल विधिपूर्वक आएका छन् कि छैनन‚ कानुनबमोजिम योग्य छन् कि छैनन् छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिने पौडेलले बताए।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ। त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था अनुसार निर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .