राजनीति


बालकृष्ण खाणको निवेदनमा बहस सकियो, आदेश आउन बाँकी

बालकृष्ण खाणको निवेदनमा बहस सकियो, आदेश आउन बाँकी

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०८० बिहिबार १५:४१, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दाको निर्णायक सुनुवाइ उच्च अदालत पाटनमा सकिएको छ।

खाणका कानुन व्यवसायी र सरकारी वकिलहरू दुवै पक्षको बहस सकिएपछि अब न्यायाधीश कृष्णराम कोइरालाको इजलासबाट उक्त मुद्दाको निर्णय आउन बाँकी छ। 

पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो। 

त्यसपछि बिहीबारका लागि तोकिएको सुनुवाइबाट खाण थुनामै रहने वा धरौटीमा छुट्ने टुंगो लगाउन लागिएको हो। 

सुनुवाइका क्रममा खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरिसकेका छन्। 

त्यसैगरी अधिवक्ताहरू प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि बहस गरे। 

त्यसपछि उच्च सरकारी वकिलहरूले बहस गरेका छन्। सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाँणका कानुन व्यवसायीले जवाफी बहस सकेका हुन्। 

बहसका क्रममा खाणका कानुन व्यवसायीहरूले यसअघि न्यायाधीश पाण्डेको आदेश सदर गरी थुनामुक्त गर्न माग गरेका थिए। 

उता दुईजना सरकारी वकिलहरूले खाणलाई थुनामै पठाउने गरी दिएको न्यायाधीश खरेलको आदेशलाई सदर गर्नुपर्ने जिकिर गरे। 

त्यसपछि खाणको पक्षमा जवाफी बहस गरेका पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाँतीले थुनामुक्त गर्नुपर्ने जिकिर गरे।

उनले खाणलाई थुनामा पठाउँदा उनको राजनीतिक करिअर सकिने बताउँदै बरु  मुद्दाको अन्तिम छिनोफानो हुँदा दोषी ठहरिए बमोजिम गर्नुपर्ने तर्क गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad