ad ad

राजनीति


भोजपुरमा एमालेको संकल्प यात्रा टोलीलाई पहिचानवादीको कालोझन्डा

भोजपुरमा एमालेको संकल्प यात्रा टोलीलाई पहिचानवादीको कालोझन्डा

नेपालखबर
मंसिर २८, २०८० बिहिबार ११:४९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको मध्यपहाडी संकल्प यात्रा टोलीलाई बिहीबार भोजपुरमा आफूलाई पहिचानवादी बताउने एउटा समूहले कालोझन्डा देखाएको छ। 

सम्मृद्दिका लागि संकल्प यात्राको क्रममा बुधबार भोजपुर पुगेका ओलीलाई सदरमुकाबाट पूर्वतर्फ लाग्ने क्रममा बैकं रोडमा कालोझन्डा देखाइएको हो।

कालोझन्डा देखाउँदै नाराबाजीमा उत्रिएका जनता समाजवादी पार्टीसहितका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

जनता समाजवादी पार्टिका सचिव नरराज काङमाङका अनुसार जिल्ला उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बुले, मनी राई र तायाबुङ राई लगायत पक्राउ परेका छन्। 

एमालेको संकल्प यात्रामा अवरोध गर्न पहिचान पक्षधर भन्नेहरूले यातायात बन्द तथा मध्यपहाडी सडकका विभिन्न स्थानमा रुखसमेत ढालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .