राजनीति


गगनको प्रस्ताव : देउवाबाट पार्टी चल्दैन, दलको नेता शेखरलाई बनाउन लागौँ

गगनको प्रस्ताव : देउवाबाट पार्टी चल्दैन, दलको नेता शेखरलाई बनाउन लागौँ

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २७, २०८० बुधबार १७:३५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब सभापति शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने बताएका छन्। 

काठमाडौंको अनुपम फुडल्यान्डमा बुधबार बसेको बैठकमा बोल्दै थापाले देउवाको कार्यशैली सुधार्न अझै दबाबको आवश्यकता रहेको पनि बताए।

भिडिओमा हेर्नुहोस्

 

उनले देउवाबारे कडा टिप्पणी गर्दै अब उनीबाट पार्टी नचल्ने निष्कर्ष सुनाए। ‘संसदीय दलको नेता फेर्न आजैबाट लागौँ। अब शेखर कोइरालाालई बनाउने अघि बढौँ’, बैठकमा उनको भनाइ उद्धृत गर्दै नेता गोविन्दराज पोखरेलले भने, ‘देउवा नै नेतृत्वमा रहिरहने हो भने कांग्रेस यो भन्दा अझै खराब अवस्थामा पुग्छ।’ 

थापाले देउवामा पार्टी चलाउने कार्यक्षमता नरहेको पनि बताए। ‘महासमिति बैठक त समयमा गर्न नचाहने सभापतिले महाधिवेशन पनि समयमा गर्दैनन्’, उनले भने, ‘२०८२ मा कांग्रेसको पन्ध्रौँ महाधिवेशन पनि हुँदैन।’

उनले अहिलेबाटै एक भएर अघि बढ्न जरुरी रहेको बताए। ‘एक भएर आजैदेखि पहिले नेतृत्व फेरौँ’, उनले भने,  ‘त्यसपछि पार्टीभित्र र समूहभित्रका सानातिना विमत्ति मिलाउँदै जाउँला।’

बैठकपछि पनि महामन्त्री थापाले देउवालाई एउटा गुटको संरक्षकको संज्ञा दिए।

थापाले पार्टीले प्रतिनिधित्व गर्ने हरेक ठाउँमा मापदण्ड नबनाई एकलौटी निर्णय गरिँदा नेता कार्यकर्तालाई अन्याय भएको पनि बताए। 

‘हामीले अहिलेसम्म मापदण्ड बनाउन सकेका छैनौँ। पार्टीमा एकदमै अन्याय भएको छ। पार्टीका सभापतिले सबैलाई न्यायपूर्ण व्यवहार गर्नु भएको छैन’, उनले भने, ‘पार्टी सभापति आफैं एउटा समूहको संरक्षक भएका छन्। आफ्नो समूहलाई हेर्ने र अर्कोलाई हेर्ने नजर नै अर्को छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad