ad ad

राजनीति


महिला हिंसासम्बन्धी धेरै कानुन बनेपनि कार्यान्वयन भएका छैनन् : उपसभामुख

महिला हिंसासम्बन्धी धेरै कानुन बनेपनि कार्यान्वयन भएका छैनन् : उपसभामुख

नेपालखबर
मंसिर २५, २०८० सोमबार १७:३४, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।

सोमबार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले सरकार भनेको सम्पूर्ण जनताहरु भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताए। उनले बिल्डिङ र टावर खोल्दैमा विकास भन्न नसक्ने बताए।

‘महिलालाई संविधानले दिएको धारा ३८ को ५ ले महिलाहरुले ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ। सरकार भनेको सम्पूर्ण जनताहरू हुन्। जब हामी समावेशी विकासको कुरा गर्छौं, एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन,’ उनले भने, ‘आज हरेक सम्प्रदायका मानिसहरु र हरेक ठाउँका विकट ठाउँका जुम्ला कर्णालीदेखि लिएर सुदूरपश्चिमका ठाउँहरुमा तराईका ठाउँहरुमा विकास गर्नु हो भने कुनै समय लाग्दैन, तर दुर्गम छन्, केही विकास पुग्न सकेको छैन। दुःखका कथाहरू धेरै छन्।’

उनले महिला हिंसासम्बन्धी धेरै कानून बनेका भएपनि कार्यान्वयनको पाटो कमजोर रहेको बताए।

‘यौनिक लैङ्गिका मानिसहरु जो पीडित छन्, उनीहरुले नागरिक अधिकार पाएका छैनन्। महिला हिंसासम्बन्धी मात्रै धेरै कानून बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन, हामी चुप लागेर बस्नु हुँदैन, आवाज बुलन्द हुनुपर्छ। सरकारमात्रै होइन, हामी सबै एक भएर काम गर्नुपर्छ,’ उनले भने। 

उपसभामुख रानाले महिलाका अधिकार आवाज सशक्त किसिमले उठाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .