ad ad

राजनीति


संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा

संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा

नेपालखबर
मंसिर २५, २०८० सोमबार ११:३५, काठमाडौँ

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार उनले पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। 

गौतमको पदावधि अझै ८ महिना बाँकी थियो। गौतमले राजीनामाको कारण खुलाएका छैनन्।

उनको राजीनामा र नयाँ महासचिवबारे प्रतिनिधिसभाका समाभुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल गरेका छन्। 

गौतम २०७७ वैशाख २२ गते संघीय संसद सचिवालयको महासचिवमा नियुक्त भएका थिए। 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरिएको थियो।

महासचिवमा हुनुअघि गौतम संसद सचिवालयका सचिव थिए। गौतमले प्रशासनिक सुधार र कार्यसम्पादन व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका थिए। उनी २०५१ सालमा संसद सेवा प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .