ad ad

राजनीति


भूकम्पपीडितलाई देवघाटबाट साढे सात लाख सहयोग

भूकम्पपीडितलाई देवघाटबाट साढे सात लाख सहयोग

नेपालखबर
मंसिर २४, २०८० आइतबार ५:२२, तनहुँ

जाजरकोट भूकम्पपीडितलाई तनहुँको देवघाट गाउँपालिकाले सात लाख ४६ हजार सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ। 

भूकम्पपीडितलाई देवघाट गाउँपालिकाको तर्फबाट पाँच लाख, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु एक लाख ३७ हजार एक सय एक र देवघाट क्षेत्रका स्थानीय बासिन्दा र विभिन्न सङ्घ संस्थाबाट सङ्कलन गरिएको रु एक लाख नौ हजार सात सय ८० गरी कूल रु सात लाख ४६ हजार आठ सय ८१ कोषमा जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए। 

देवघाट गाउँपालिकाको विपद् व्यवस्थापन समितिले गत कात्तिक २० गते भूकम्पपीडितको सहयोगका लागि रु पाँच लाख सहयोग गर्ने र थप आर्थिक सहयोग सङ्कलनका लागि वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको अध्यक्षतामा राहत सङ्कलन समिति गठन गर्ने निर्णय गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .