ad ad

समाज


सिराहामा ट्याक्टर पल्टिँदा काका-भतिजको मृत्यु, अर्का एक घाइते

सिराहामा ट्याक्टर पल्टिँदा काका-भतिजको मृत्यु, अर्का एक घाइते

नेपालखबर
मंसिर २४, २०८० आइतबार ५:४०, सिराहा

सिराहामा ट्याक्टर दुर्घटना हुँदा काका भतिजको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक घाइते भएका छन्।

औरही गाउँपालिका-२ तुलसीपुरमा शनिबार साँझ खेत जोतेर फर्किने क्रममा गागन नदीमा स १ त ७४५८ नम्बरको ट्रयाक्टरपल्टिँदा काका-भतिजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन्।

दुर्घटनामा परेको ट्याक्टरको इन्जिनले थिच्दा उनीहरुको  घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा स्थानीय रञ्जन यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

मृतक काका-भतिजाको शव परीक्षणका लागि सिरहा प्रादेशिक अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .