राजनीति


नेविसंघमा थपिए दुई उपसभापति र पाँच महामन्त्री

नेविसंघमा थपिए दुई उपसभापति र पाँच महामन्त्री

नेपालखबर
माघ १९, २०७६ आइतबार १२:४६,

नेपाली कांग्रेसले नेविसंघको तदर्थ समितिमा दुई उपसभापति र पाँच जना महामन्त्री थप गरेको छ।

थपिएका उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल (रुपन्देही) रहेका छन् भने महामन्त्रीहरुमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेभ तिमिल्सिेना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा) रहेका छन्।

बिहीबार सुनसरीका राजीव ढुंगानाको अध्यक्षतामा नेविसंघको तदर्थ समिति गठन गरिएको थियो। विसं २०७५ माघ २९ गतेबाट नेविसंघ विघटित अवस्थामा थियो। बिहीबार अध्यक्ष ढुंगानासँगै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई मनोनयन गरिएको थियो। उनीहरु तीनै जना सभापति शेरबहादुर देउवा पक्षधर हुन्।

पौडेल र सिटौला पक्षले नाम नदिँदा तदर्थ समितिले भने पूर्णता पाएको थिएन।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको २०७५ फागुन १ गतेको बैठकको निर्णय र नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेको कांग्रेसले जनाएको छ।

तदर्थ समिति गठनपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२औं महाधिवेशन जिम्मेवारी दिइएको उल्लेख छ। त्यस्तै समितिले आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्न पाउने र तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन नपाउने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad