कला


शाहिन बाग गोलीकाण्डपछि सोनम कपुरले भनिन्ः बन्द गर घृणाको राजनीति

शाहिन बाग गोलीकाण्डपछि सोनम कपुरले भनिन्ः बन्द गर घृणाको राजनीति

नेपालखबर
माघ १९, २०७६ आइतबार १२:४१,

भारतको राजधानी नयाँ दिल्लीको शाहिन बागमा सीएए र एनसीसीको विरोधमा प्रदर्शन भइरहेको छ।

विरोध प्रदर्शनको केन्द्रका रुपमा रहेको शाहिन बागमा शनिबार साँझ एक युवले गोली चलाएपछि त्यसकिो सवत्र विरोध भइरहेको छ।

शुक्रबार जामिया क्षेत्रमा भएको गोली प्रहारको चर्चा सेलाउन नपाउँदै शनिबार पुनः गोली प्रहार भएपछि विरोधको स्वर झन चर्को हुँदै गएको छ।

गोली चलाउने कपिल गुर्जर नामक ती युवकले भारतमा हिन्दूहरुको मात्रै राज चल्ने भनेपछि तयो प्रहार मुस्लिम समुदायमाथि भएको आशंका गरिएको छ।

बलिउडका कलाकारहरुले यो घटनालाई लिएर आक्रोश व्यक्त गर्नुका साथै रोक्न यस प्रकारका घटना रोक्न समेत आग्रह गरेका छन्।

अभिनेत्री सोनम कपुरले ट्विट गर्दै मानिसहरूलाई घृणाको राजनीति नगर्न अपिल गरेकी छन्। उनले ट्टिरमा लेखेकी छन्, ‘भारतमा यस्तो होला भनेर मैले सोचेको थिएन। यस्तो खतरनाक विभाजनकारी राजनीति रोक्नुहोस्। यसले घृणा फैलाउँछ। यदि तपाईं आफूलाई हिन्दू ठान्नुहुन्छ भने, तब यो बुझ्नुहोस् कि तपाईंको धर्म तपाईंको कर्मको बारेमा हो र के भइरहेको छ त्यो भित्र धर्म आउँदैन।’

सोनम कपूरको यो ट्विट पछि धेरै मानिसहरूले उनलाई ट्रोल गर्ने प्रयास गरे र उनीमाथि प्रश्नहरू उठाए। यद्यपि उनी यसबाट पछाडि हटिनन् र सबैलाई अचम्मित पार्ने खालको जवाफ दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad